राजनीति


बजेट १३ गते पास हुन्छ, कुनै संशोधन हुँदैन : अर्थमन्त्री

बजेट १३ गते पास हुन्छ, कुनै संशोधन हुँदैन : अर्थमन्त्री

नेपालखबर
असार ११, २०८० सोमबार १८:२, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन्।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताए।

उनले आफूले बजेट ल्याउँदा सिमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले आजको वास्तविकतामा बजेट आएको बताए।

उनले बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सिमित रहेको बताए। उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि बताए।

उनले भने, ‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन। थोरै साधन श्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो। आजको सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो। हाम्रो सम्भावित श्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो। अहिले आएको बजेट पुर्याउन पनि धेरै मेहनत गर्नुपर्छ। आवश्यकता अनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो।’

उनले थपे, ‘तर उहाँहरुले थोरै साधन श्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको छु। उहाँहरुले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन्। आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन। पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ। विधि भित्र रहेर काम गर्नेछौँ।’

मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेर पास हुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .