राजनीति


नेपालबाट विदेश जाने नागरिकलाई एयरपोर्टदेखि नै ट्र्याकिङ गरियोस् : सांसद पौडेल

नेपालबाट विदेश जाने नागरिकलाई एयरपोर्टदेखि नै ट्र्याकिङ गरियोस् : सांसद पौडेल

नेपालखबर
असार १३, २०८० बुधबार ११:२३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विदेशमा रहेका नेपालीलाई विपद पर्दा सरकार सहयोगी बन्न नसकेको बताएका छन्।

एक साताअघि मलेसियामा यमलाल परियारको मृत्यु भएको र अहिले उनको परिवारले लास नेपाल ल्याउन सबैतिर याचना गरिरहे पनि सरकारले नसुनेको उनले बताए। यस्ता गम्भीर विषयमा सरकारले प्रभावकारिता बढाउन पनि उनले आग्रह गरे।

विदेशिएका नेपालीको सुरक्षाका लागि एयरपोर्टबाटै ट्र्याकिङ गर्ने व्यवस्था गर्न पनि उनले माग गरे।

'कहाँ गएको हो? पुग्यो पुगेन? सम्झौता अनुसार काम पायो पाएन? बिरामी भयो कि? कुनै दुर्घटना वा विपद्‌मा पर्‍यो कि? एयरपोर्टबाटै ट्र्याकिङ गर्ने व्यवस्था गर्नुपर्‍यो,' उनले भने।

उनले परराष्ट्र मन्त्रालय, दूतावास र श्रम सबैतिर डेस्क स्थापना गरी प्रणालीगत रूपमा उनीहरूको सुरक्षा क्षेत्रमा काम गर्नुपर्ने बताए।

सतहमा थुप्रै घटना नआएको उनको भनाइ थियो। कतिपय घटनामा वर्षौँपछि मृत्यु भएको थाहा हुने अवस्था पनि रहेको बताउँदै उनले यसमा सरकारलाई गम्भीर हुन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .