राजनीति


भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेँ, अझै बढी जनसमर्थन चाहियो : प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेँ, अझै बढी जनसमर्थन चाहियो : प्रधानमन्त्री

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार १३, २०८० बुधबार १२:२१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सुशासनको पक्षमा अभियान नै छेडेको बताएका छन्।

आगामी आर्थिक वर्षका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयको विनियोजन बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तोबताएका हुन्। 

‘मैले संसद्मा संकल्प गरेको थिएँ सुशासन सरकारको प्रतिबद्धता हुने छ। जनतामा राज्य र सरकारप्रति निराशा असन्तोष र आवेग थियो अहिले त्यसमा सुधार भएको छ’, उनले भने, ‘जनतामा राज्य र सरकारप्रति भरोसा बढेको छ। हाई प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने भ्रम तोडिएको छ।’

उनले नक्कली शरणार्थीको फाइल खोलेर कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको पनि बताए। 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको छ। लोकतन्त्रमा उब्जिएको समस्याको समाधान लोकतन्त्रबाटै हुन्छ’, उनले भने, ‘उच्च पदस्थहरु कानुनमाथि छन् भन्ने गलत भएको छ। लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सुरु भएको छ।’

उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निल्न खोज्नेमाथि कारबाही थालिएको पनि बताए। 

‘मलाई अझै बढी समर्थन चाहिएको छ। यो लडाइँमा सदन र आमजनताको पनि हौसला र सहयोग मिल्नेछ’, उनले भने, ‘कुनै पनि मूल्यमा विकृतिविरुद्धको यो लडाइँ अघि बढाइनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .