राजनीति


राजसंस्थाको अभावमा देश बस्न अयोग्य भयो : रवीन्द्र मिश्र

राजसंस्थाको अभावमा देश बस्न अयोग्य भयो : रवीन्द्र मिश्र

नेपालखबर
असार २३, २०८० शनिबार ११:१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको अभाव हुँदा देशमा कोही नबस्ने वातावरण बनेको बताएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा शुभकामना दिँदै उनले देश संकटोन्मुख भएको र अपवाद बाहेक कोही पनि नेपाल नबस्ने अवस्था आएको बताए। देश बस्न अयोग्य भएर गएको उनको धारणा छ। उनले आफू अब २०-२५ वर्ष बाँच्ने तर आफूले राजसंस्थाका पक्षमा गरेको राजनीति नयाँ पुस्ताका लागि भएको बताएका छन्।

'मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन। भगवान दाहिने भए यो माटोमा म त अर्को २०/२५ वर्ष बाचौँला। तर यो माटोमा ५०/६०/७० वर्ष जीवन बिताउनु पर्ने हामीभन्दा मुनिका  पुस्ताहरू छन्,' उनले भनेका छन्, 'तिनको लागि यो देश दिनप्रतिदिन बस्न अयोग्य भएर गइरहेछ। मैले गरेको राजनीति तिनका लागि हो। चुनाव हारेँ, त्यो भिन्नै कुरा हो।'

उनले पूर्वाराजालाई छिटो राजगद्दीमा देख्न पाइयोस् भनेर कामना समेत गरेका छन्।

उनले लेखेका छन्-

छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाइयोस्!

'देश संकट-उन्मुख छैन' भनेर हजार तर्क गर्नेका सन्तान (अपवाद बाहेक) कोही नेपाल बस्नेवाला छैनन्।

मलाई मरिमेटेर 'दास' भन्नेहरू (अपवाद बाहेक) मौका पाए कोही नेपाल बस्नेवाला छैनन्।

मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन। भगवान दाहिने भए यो माटोमा म त अर्को २०/२५ वर्ष बाचौँला। तर यो माटोमा ५०/६०/७० वर्ष जीवन बिताउनु पर्ने हामीभन्दा मुनीका  पुस्ताहरू छन्। तिनको लागि यो देश दिनप्रतिदिन बस्न अयोग्य भएर गइरहेछ। मैले गरेको राजनीति तिनका लागि हो। चुनाव हारेँ, त्यो भिन्नै कुरा हो।

राजा, राजनीतिक दल र जनताले आ-आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एक-आपसलाई माफी दिँदै 'नवीन समझदारी' मा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै छ।

त्यो 'नवीन समझदारी'को दिन आउनेछ। त्यसैले जन्मदिनको अवसरमा यहाँको (यहाँ व्यक्तिका लागि मात्र होइन) यो देशका लागि पनि, सुस्वास्थ्य र दीर्घायुको लाख-लाख कामना गर्दछु। देश 'नवीन समझदारी'मा पुगेको छिटै देख्न पाइयोस् भनी प्राथना गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .