राजनीति


धर्म निरपेक्षताको दुष्परिणाम देखिन थालेका छन्–राजेन्द्र लिङ्देन

धर्म निरपेक्षताको दुष्परिणाम देखिन थालेका छन्–राजेन्द्र लिङ्देन

नेपालखबर
साउन ८, २०८० सोमबार २०:३१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको भावना विपरीत जबरजस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको टिप्पणी गरेका छन्। 

सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी हुने क्रममा उनले सो टिप्पणी गरेका हुन्। 

लिङ्देनले ०६२/०६३ को राजनीतिक परिवर्तनपछि जनचाहना र वहुसंख्यक जनताको भावना विपरित धर्म निरपेक्षता कामय भएको बताए। 

‘धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव छ, नेपालको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सदभावका लागि हिन्दुराष्ट्र अपरिहार्य छ,’ लिङ्देनले भने।

धर्म निरपेक्षले देश बर्बाद पार्ने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्रको वकालत गरिरहेको उनले बताए। लिङ्देनले साउन महिनादेखि शुरु हुने गरी पार्टीले नविन राप्रपा कार्ययोजना लागू गरेको बताउँदै यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९ सय नेताहरू परिचालित भएको जानकारी दिए।

‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ’, उनले भने, ‘आजैबाट कार्य प्रारम्भ गरेको छु।’

संगठनात्मक कार्ययोजना सुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताए।

उनले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने बताए।

लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बुढासुब्बा मन्दिरमा समेत पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .