राजनीति


नारायणमान बिजुक्छे र चिनियाँ टोलीबीच भेट

नारायणमान बिजुक्छे र चिनियाँ टोलीबीच भेट

नेपालखबर
साउन ९, २०८० मंगलबार २१:५५, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेपाल भ्रमणका रहेका छिमेकी मित्रराष्ट्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ। 
    

नेमकिपाका अध्यक्ष बिजुक्छे र चिनियाँ टोलीबीच दुईदेशको हित, आपसी सदभाव र सम्बन्धका बारेमा कुराकानी भएको नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए। 

नेमकिपाका केन्द्रीय नेतासमेतको सहभागिता रहेको भेटवार्तामा नेपालको राजनीतिक अवस्था, विकासको अवस्था र दुई देशको सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा कुराकानी भएको बताइएको छ।
    

नेपाल भ्रमणमा रहेका च्या च्युन नेतृत्वको २६ सदस्यीय टोलीले भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन भ्रमण गरेको छ।

चिनियाँ टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले स्वागत गरेका थिए। 

उनले भक्तपुर नगरपालिकाका सम्पदाको बारेमा चिनियाँ टोलीलाई जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .