राजनीति


सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय छानबिन समिति चाहिँदैन : जनार्दन शर्मा

सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय छानबिन समिति चाहिँदैन : जनार्दन शर्मा

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार १७:२८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले गत साउन ३ गते साँझ त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय छानबिन समिति नचाहिने बताएका छन्।

माओवादी केन्द्रको बुधबारदेखि सुरु केन्द्रीय समिति बैठकका क्रममा प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीहरूसँगको संवादका क्रममा शर्माले यस्तो बताएका हुन्।

‘बरामद भएको सय किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले अहिले छानबिन गरिरहेको छ। सरकारले अनुसन्धान गर्न नसके मात्रै उच्चस्तरीय पनि बन्ला’, उनले भने, ‘तस्करीको सुनबारे सरकारले पक्रेर त थाहा भयो। समातेको त सरकारले नै हो नि। एयरपोर्टबाट बाहिर कसरी आयो भन्ने कुरा सम्बन्धित निकायले छानबिन गर्छ।’

उनले जहाँ समाते पनि यो काम सरकारले गरेको बताउँदै सरकारी निकायबाट छानबिन भइरहेका बेला उच्चस्तरीय समिति खोज्नु ठीक नहुने उल्लेख गरे।

‘सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय छानबिन समिति चाहिँदैन’, उनले भने, ‘विपक्षीको काम भनेको आफ्नो मुद्दा उठाउने हो। उहाँहरुको आफ्नो नारा होला, उच्चस्तरीय समितिबारे भनिरहनु भएको छ। तर अहिले राजस्व अनुसन्धानलाई नै छानबिन हुन दिनुपर्छ।’

उनले चित्त नबुझ्दा विपक्षीले भनेको उच्चस्तरीयको विषय पनि आवश्यकता अनुसार उचित हुन सक्ने बताए। शर्माले सुन तस्करी प्रकरणपछि अवरुद्ध संसद पनि आगामी २२ गतेसम्म सहमतिमा पुगेर खुल्न सक्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .