राजनीति


उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतसँग आग्रह

उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतसँग आग्रह

फाइल तस्बिर : परराष्ट्रमन्त्री एनपी साउद


नेपालखबर
साउन २०, २०८० शनिबार १४:९, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन्। 

उनले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि भएको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन्। 

रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपाली बेपत्ता छन्। साथै पहिरोमा ६ जना भारतीय पनि बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग शनिबार बिहानैबाट बेपत्ताहरूको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकाय खटाइएको बताएका छन्। 

धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरूको खोजिका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको पनि बताएका छन्। 

यसअघि परराष्ट्रमन्त्री साउदले शुक्रबार नै दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरेर रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोज, उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .