राजनीति


चार वटा हत्याकाण्डको नाइकेले नै गौर हत्याकाण्डको विषय उठाए : राजेन्द्र पाण्डे (भिडिओ)

चार वटा हत्याकाण्डको नाइकेले नै गौर हत्याकाण्डको विषय उठाए : राजेन्द्र पाण्डे (भिडिओ)

नेपालखबर
साउन २९, २०८० सोमबार २०:३३, काठमाडौँ

सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले चार वटा हत्याकाण्डको नाइकेले नै गौर हत्याकाण्डको विषय उठाएको दाबी गरेका छन्। 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ‘स्टन्टबाजी’ गर्न खोजिएको बताए। 

‘वास्तवमा गौर हत्याकाण्डको बारेमा अहिलेमात्र प्रचारबाजी भएको हो। यो जसले उठायो त्यो मान्छे आफैं चारवटा हत्याकाण्डको नाइके हो। मैले व्यक्तिको नाम भन्दिनँ,’ उनले अघि भने, ‘काशी तिवारी हत्याकाण्डको को हो? यस्ता यस्ता चार वटा हत्याकाण्डको नाइकेले नै झण्डा लिएर हिँडिरहेको छ। त्यसकारण यो स्टन्टबाजी हो।’

साथै, उनले सीके राउतको पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय एक महिना अघि नै भएको भन्दै अहिले गडबडी भएपछि यो विषय उठेको बताए। 

‘स्वयं उपेन्द्रजीकै उपस्थितिमा आजभन्दा डेढ महिनाअघि सीके राउतको पार्टीलाई पनि सरकारमा सामेल गर्ने निर्णय भएको हो। अहिले गडबडी भएपछि, गृह मन्त्रालयमा सहमति आदी भएपछि जन्मेको केस होइन,’ उनले भने। 

मन्त्री नपाएको, समाजवादी मोर्चामा सामेल हुन नपाएको झोंकमा यी सबै कुरा भइरहेको उनले दाबी गरे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .