राजनीति


चीन पुगेर शंकर पोखरेलले भने : केपी ओलीको नेतृत्वमा नेपाललाई समृद्ध बनाउँछौँ

चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा पुग्यो एमालेको टोली
चीन पुगेर शंकर पोखरेलले भने : केपी ओलीको नेतृत्वमा नेपाललाई समृद्ध बनाउँछौँ

चीनमा एमाले महासचिव पोखरेलको टोली


नेपालखबर
भदौ १८, २०८० सोमबार १४:४३, काठमाडौँ

चीन भ्रमणमा रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको टोली सोमबार त्यहाँस्थित चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा पुगेको छ। 

पोखरेलसहितको टोली सोमबार बिहान चीनको मुख्य शहर छोङछिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान र अन्तरक्रिया  कार्यक्रममा सहभागी भएको हो। 

उक्त अन्तरक्रियाका क्रममा बोल्दै महासचिव पोखरेलले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको आलोकमा नेपाललाई समृद्ध बनाउने अभियानमा जुटिरहेको बताएका छन्। 

‘जबजको आलोकमा ‘समृद्ध नेपाल : सुखी नेपाली’को लक्ष्यसहित एमालेले नेपालको कम्युनिष्ठ आन्दोलनको नेतृत्व गरिरहेको छ’, उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण छ।’

उनले छलफलका क्रममा नेपाली कम्युनिष्ट आन्दोलन विकासक्रमका मुख्य ३ मोडहरु रहेका पनि बताए। 

तिनमा पुष्पलाल श्रेष्ठको पहलमा पार्टी स्थापना र संगठन निर्माण, मदन भण्डारी र उनले प्रतिपादित गरेको जनताको बहुदलीय जनवादसहितको विचार र पछिल्लो चरणका रुपमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समृद्धि अभियान चलाइरहेको बताएका छन्।  

चीनमा एमालेको टोली।

उनले अब अध्यक्ष ओलीको नेतृत्वमा 'समृद्ध नेपाल : सुखी नेपाली'को  लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्ने पनि अन्तरक्रियामा बताए। 

कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासबारे प्रोफेसर सुन लिङ उले  र दा सिउ लाईओईले नयाँ चर्चा गरेका थिए। उनले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद : सी विचारधारा विषयमा प्रस्तुति राखेका थिए। 

चीनमा रहेको भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी  साह, राम राना, टुका हमाल, सहदेव देवकोटा,  रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजय कुमार गुप्ता र  मानवीर राईसहित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .