राजनीति


न्यायाधीश शर्माको संसदीय सुनुवाइ, इमानपूर्वक न्याय सम्पादन गर्ने प्रतिबद्धता

न्यायाधीश शर्माको संसदीय सुनुवाइ, इमानपूर्वक न्याय सम्पादन गर्ने प्रतिबद्धता

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १२:२६, काठमाडौँ

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माबारे संसदीय सुनुवाइ सुरू भएको छ।

पहिलो सिफारिसमा निर्णय नभएपछि परिषदले दोस्रो पटक उनको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाइ अघि बढेको हो।

संसदीय सुनुवाइ समितिले यसअघि नै १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो। तर उनीविरूद्ध कुनै उजुरी नपरेपछि सिधै सुनुवाइ थालिएको हो। 

शर्मा ओखलढुंगा निवासी हुन्। शर्मालाई यही भदौ १० गतेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

शर्माकोनाम २०७९ भदौमाा पनि सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएको थियो। तर त्यसबेला संसदीय सुनुवाइ समितिमा पत्र पुगेर पनि सुनुवाइ रोकिँदा नियुक्ति हुन सकेको थिएन। 

त्यसबेला शर्मासहित तीनजनाको नाम सिफारिस भएको थियो। यस पटक भने शर्माको मात्रै सिफारिस भएको हो। 

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि शर्माको नियुक्ति प्रक्रिया टुंगिनेछ। कुनै उजुरी नपरेपछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गर्न सक्ने सम्भावना छ। 

उनलाई त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नेछन्।

शर्माले सुनुवाइका क्रममा नागरिकले अपेक्षा गरेको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले इमान्दारीपूर्वक काम गर्ने बताउँदै आफ्नो अवधारणा र कार्ययोजना पनि प्रस्तुत गरेका छन्। 

उनले सुनुवाइका क्रममा वास्तविक न्यायाधीशको चरित्र उसको आचरण र व्यवहारले देखाउने बताउँदै गुणस्तरीय न्याय सम्पादनमा कटिबद्ध भएको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .