राजनीति


प्रधानमन्त्रीले राष्ट्रसंघमा अल्पविकसित ४७ राष्ट्रको तर्फबाट सम्बोधन गर्ने

प्रधानमन्त्रीले राष्ट्रसंघमा अल्पविकसित ४७ राष्ट्रको तर्फबाट सम्बोधन गर्ने

संसद्लाई सम्बोधनका क्रममा प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १४:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी भदौ ३० गतेदेखि असोज ४ गतेसम्म हुने न्युयोर्क भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ४ गते आफूले अल्पविकसित राष्ट्रहरुको अध्यक्षका रुपमा सम्बोधन गर्ने बताएका हुन्। 

‘संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्राध्यक्ष वा सरकार प्रमुख सहभागी हुने चलन छ। मलाई पनि सम्बोधनका लागि निम्ता आएको छ। सम्मुनत नेपालको योजनाबारे बोल्न पाउनु मेरो लागि ठूलो अवसर हो’, उनले भने, ‘दीगो विकास, जलवायु परिवर्तनसहितका विषयमा कुरा राख्नेछु। साइडलाइनमा आयोजना हुने उच्चस्तरीय बैठकमा सहभागी हुनेछु।’

प्रचण्डले अल्पविकसित राष्ट्रहरुको समूहको अध्यक्षका रुपमा कुरा राख्न पाउनु नेपालका लागि गर्वको विषय भएको पनि बताए।

‘अल्पविकसित राष्ट्रहरुको समूहको अध्यक्षका रुपमा ४७ देशको प्रतिनिधित्व गर्दै उनीहरुको साझा धारणा पनि राष्ट्रसंघको महासभामा राख्नेछु’, उनले भने, ‘भदौ ३० गते न्युयोर्क जाने तयारी छ। भ्रमणका लागि सानो र छरितो प्रतिनिधमण्डल हुनेछ। १८ देखि २६ सेप्टेम्बरसम्म हुने महासभामा नेपालले गरेका राजनीतिक उपलब्धि र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग खोज्ने छु।’

उनले अल्पविकसित समूहको अध्यक्ष भएकाले यो समूहले भोग्दै आएका चुनौतीबारे बोल्ने पनि बताए। ‘जलवायु परिवर्तनबाट नेपालले झेलिरहेका समस्याबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउने योजना छ’, उनले भने, ‘ठूला राष्ट्रका कारण नेपाल जस्ता देशले भोगिरहेका प्राकृतिक चुनौतीका चित्र त्यहाँ प्रस्तुत गर्नेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .