राजनीति


जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो : सभापति देउवा

जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो : सभापति देउवा

नेपालखबर
असोज ७, २०८० आइतबार १८:५०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढीरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्ने गरेको बताए। उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको पनि बताए।

‘मुस्लिम दाजुभाईहरुले एक भएर अघि बढे भने मलाई विश्वास छ, अवश्य नै कति साथीहरु चुनावमा मज्जाले जितेका छन्। धेरै साथीहरू चुनाव जितेका छन्। भोलि पनि जित्न सक्छन्। अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्ने भन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ। अहिले मान्छेले बुझेका छन्,’ देउवाले भने, ‘हिजो अस्ति जातको कुरा भएपनि अब सबै हटिसकेको छ। जो विज्ञ छ, सेवा गर्छ,सहयोग, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ। यो राम्रो कुरा हो। जनताले जाति भन्दा पनि देशलाई सहयोग गर्नुभएको।’

सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .