राजनीति


इजरायलका लागि नेपाली राजदूतको क्षमतामाथि रास्वपा सांसदको प्रश्न

इजरायलका लागि नेपाली राजदूतको क्षमतामाथि रास्वपा सांसदको प्रश्न

नेपालखबर
असोज २३, २०८० मंगलबार १४:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको बताएका छन्।

मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले इजरायल घटनामा पनि राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताएका हुन्। 

उनले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको बैठकमा सुनँए। क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै उनले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने पनि बताए।

‘इजरायलमा बंकरमा रहेका नेपाली विद्यार्थीसँग मेरो पनि प्रत्यक्ष कुरा भएको थियो। त्यसबारेमा संवाद गर्नसक्ने अवस्थामा हामी मन्त्रालयबाट प्रेस विज्ञप्तिको रुपमा मात्रै हामी कम्युनेटेड गरिरहेका छौँ। त्यसले आम जनतामा सरकार निकम्मा भयो भन्ने म्यासेज गएको छ,’ उनले भने, ‘सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्छ। क्राइसिसको बेलामा क्षमताका कुराहरू बढी प्रमुख रुपमा देखिन्छ। राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेका छन्। पीडित विद्यार्थीले पनि राजदूतावासमा प्रश्न उठाउनुभएको छ। हामीले राजदूत छान्दा सधैँ हाम्रा मात्रै छान्ने हो की, संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .