राजनीति


बुद्धिनारायण श्रेष्ठले ओलीलाई भने : गुटेरेसलाई चुच्चे नक्सा उपहार किन नदिएको?

बुद्धिनारायण श्रेष्ठले ओलीलाई भने : गुटेरेसलाई चुच्चे नक्सा उपहार किन नदिएको?

नेपालखबर
कात्तिक १५, २०८० बुधबार २०:१७, काठमाडौँ

सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई चुच्चे नक्सा किन नदिनुभएको भनि प्रश्न गरेका छन्।

बुधबार एमालेको चियापान समारोहमा सरिक भएका श्रेष्ठले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसँग सो प्रश्न गरेका हुन्।

नक्सामा नेपालको भौगोलिक अखण्डता र स्वाधीनता गाँसिएको छ भन्दै श्रेष्ठलेत्यो नक्सा राष्टसंघ महासचिवलाई हातैमा दिइएको भए, लिपुलेक(कालापानी, लिम्पियाधुरा क्षेत्रबाट भारतीय फौज फिर्ता गर्न ठूलो बल पुग्ने बताए।

महासचिव गुटेरेसलाई चुच्चे नक्सा दिन आफूले ओलीलाई पीए राजेश बज्राचार्यमार्फ सम्झाएको पनि उनले उल्लेख गरेका छन्।

कार्यक्रममा पुगेका श्रेष्ठले ओलीसँग हातमिलाइसक्ने बित्तिकैको वार्ता यस्तो थियो :
श्रेष्ठ : अस्ति आइतवार यहाँले मेरो चित्त साह्रै दुखाउनु भयो। म दुःखित छु।

ओली :  तपाइँको मैले के चित्त दुखाएँ र? मैले त्यसो गरेको छैन।
(उनको मुहार जिज्ञासु देखियो।)

श्रेष्ठले भन्दै गए : १) राष्ट्रसंघको महासचिव यहाँलाई भेट्न आउँदा नेपालको चुच्चे नक्सा उनलाई उपहार दिन चुक्नु भयो।

२) नक्सा दिनु होला भनेर मैले तपाइँको पिए राजेश बज्राचार्यलाई मोबाइल मेसेज पठाएको थिएँ।

३) मैले यही कुरा पूर्वप्रधानमन्त्री ओलीज्यूलाई मेरो सुझाव पुर्याइदिनु होला भनी फोनमा पूर्वमन्त्री प्रदीप ज्ञवाली र पूर्वमन्त्री पद्मा अर्याललाई ‘इन पर्सन’ भनेको थिएँ।

४) तर चुच्चे नक्सा दिन सक्नु भएन।

५) यो नक्क्सा तपाइँ प्रधानमन्त्री भएका बखत प्रकाशित गर्नु भएको हो।

६) यस नक्सामा नेपालको भौगोलिक अखण्डता र स्वाधीनता गाँसिएको छ।

७) यस नक्सा राष्टसंघ महासचिवलाई हातैमा दिइएको भए, लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रबाट भारतीय फौज फिर्ता गर्न ठूलो बल पुग्ने थियो।

८) नेपालको भौगोलिक अखण्डता कायम राख्नुपर्छ भन्ने सन्देश विश्वसमक्ष पुग्ने थियो। नक्सा दिनु भएको भए राष्ट्रियताका सम्बन्धमा एमालेको पहिचान बढ्ने थियो।

९) मैले चित्त दुखाउनु पर्ने मेरो चासो यति मात्रै हो।

यति भनिरहँदा प्रदीप ज्ञवाली ओलीको पछाडि बसेर सुनिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .