राजनीति


विपिन जोशीको बिनासर्त रिहाइका लागि अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने संसदीय समितिको निर्णय

विपिन जोशीको बिनासर्त रिहाइका लागि अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने संसदीय समितिको निर्णय

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १५:५६, काठमाडौँ

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको बिनाशर्त रिहाइका लागि अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग बिनाशर्त रिहाइका लागि आग्रह गर्ने निर्णय गरेको हो।

बैठकको निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको बिनाशर्त अविलम्ब रिहाइको लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने निर्णय भएको बताए।

‘हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन। विपिन जोशीको बिनाशर्त अविलम्ब रिहाइको लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गरेका छौँ,’ सभापति यादवले भने, ‘नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणबिना यसरी बन्धक बनाइनु हुँदैन।’

समितिको बैठकले ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको पनि सभापति यादवले बताए।

कार्यदलले समितिको प्राथमिकीकरणमा कुन विषयलाई कहिले टुंग्याउने भन्ने निस्कर्ष निकाल्ने उनी बताउँछन्।

सभापति यादवको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यदलमा उदय शमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, धवलशमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल र सम्झना थपलिया सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .