ad ad

राजनीति


कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक जेठ ६ गतेसम्म स्थगित

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक जेठ ६ गतेसम्म स्थगित

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १३:५२, काठमाडौँ

नेपाली कांग्रेसले आज पनि राष्ट्रि सभाको बैठक अवरुद्ध गरेको छ। 

कांग्रेसले अवरुद्ध गरेपछि अर्को बैठक जेठ ६ गते आइतबार दिउँसो १ १५ बजे बस्नेगरी अध्यक्ष नारायण दाहालले आजको बैठक स्थगित गरेका छन्। 

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आएको छ। 

हिजो पनि कांग्रेस सांसदले राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .