राजनीति


कांग्रेसले भन्यो : गठबन्धन तलमाथि नभएसम्म प्रचण्ड नै प्रधानमन्त्री

कांग्रेसले भन्यो : गठबन्धन तलमाथि नभएसम्म प्रचण्ड नै प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८० आइतबार १४:२८, काठमाडौँ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सत्ता गठबन्धनबीचको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहिरहने जनाएको छ।

शनिबार सम्मपन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आइतबार दिउँसो सानेपामा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रचण्ड नै प्रधानमन्त्री रहने कुरामा कुनै समस्या नरहेको बताए। 

उनले मन्त्री हेरफेरको विषय पनि प्रधानमन्त्रीमा निहित रहेको बताए। ‘मन्त्री फेर्ने कुरा प्रधानमन्त्रीको तजबिजमा भर पर्छ। प्रधानमन्त्रीले अहिलेसम्म मन्त्री फेरौँ भनेर प्रस्ताव ल्याउनु भएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीलाई काम गर्न असहज भएमा मन्त्री फेर्ने कुरामा कांग्रेस तयार छ। तर अहिलेसम्म यसबारे औपचारिक रुपमा कुरा भएको छैन।’

प्रचार विभाग प्रमुख विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने तर्क गरे। उनले तानाशाही व्यवस्थामा मात्रै त्यो सम्भव हुने बताउँदै बहुमतको सरकार हुँदा पनि तलमाथि भइरहने जवाफ दिए। 

‘लोकतन्त्रिक व्यवस्थामा सरकारको कुर्सीको तीन मात्रै खुट्टा हुन्छन्। बहुमतमा या गठबन्धनमा हुने एकै हो। केपी शर्मा ओली नेतृत्वको सरकार करिब दुईतिहाइको थियो। अहिले गठबन्धनको छ। लोकतन्त्रमा स्थिर सरकार सम्भव छैन, त्यो निरंकुशतामा मात्रै हुन्छ’, उनले थपे, ‘लोकतन्त्रमा जोसुकैले सरकार ढाल्छु भन्न पाउँछ। हाम्रा महामन्त्री (गगन थापा) ले पनि भन्नु भएको हो। प्रचण्डजी गठबन्धन सरकारको प्रधानमन्त्री हो। त्यसैले यो गठबन्धन  तलमाथि नभएसम्म उहाँ प्रधानमन्त्री यथावत हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .