प्रमुख तीन दलका शीर्ष नेताहरू अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एक घण्टादेखि बालुवाटारमा छलफल भइरहेको छ।
राष्ट्रियसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा तीन नेताबीच वार्ता भएको हो। सोमबार नेपाली कांग्रेसद्वारा आयोजित मेलमिलाप दिवसको कार्यक्रमको मञ्चमा एकसाथ देखिएका यी नेता अहिले बालुवाटारमा जुटेका हुन्।
यसअघि सोमबार नै प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी नेता ओलीबीच बालुवाटारमा वार्ता भएको थियो।
प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीज न्यायसम्बन्धी विधेयकलाई आगामी हिउँदे अधिवेशनको संसद्बाट अघि बढाउने योजना बनाएका छन्।
यस्तोमा उनले सत्ता साझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेको नेतृत्वसँगको संवादलाई तीव्र बनाएका हुन्।
Shares
प्रतिक्रिया