राजनीति


राष्ट्रिय सभा निर्वाचन : सिट बाँड्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

राष्ट्रिय सभा निर्वाचन : सिट बाँड्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

नेपालखबर
पुस २२, २०८० आइतबार १०:१४, काठमाडौँ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ। 

प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि बैठक सुरु भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। 

बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेता सहभागी छन्। 

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँड गर्ने विषयमा छलफल भइरहेको छ। 

यसअघि शनिबार बसेको बैठकमा कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट दिनेगरी सहमतिको खाका बनेको छ। तर यसमा एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .