राजनीति


राष्ट्रिय सभा निर्वाचन : गठबन्धनको समन्वय समिति संयोजकमा रमेश लेखक

सातै प्रदेश र ७७ वटै जिल्लामा पनि समन्वय समिति
राष्ट्रिय सभा निर्वाचन : गठबन्धनको समन्वय समिति संयोजकमा रमेश लेखक

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८० बुधबार १७:११, काठमाडौँ

सत्तारुढ गठबन्धनले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि केन्द्रीय समन्वय समिति गठन गरेको छ।

बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो।

गठबन्धनले बनाएको समन्वय समितिको संयोजकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक तोकिएका छन्।

त्यसैगरी बैठकले सातै प्रदेशमा निर्वाचन समन्वय समिति बनाउने निर्णय गरेको छ। ७७ वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति बनाउने निर्णय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .