राजनीति


भण्डारीलाई तिम्सिनाको जवाफ: खाना र गोबरजत्तिकै फरक छन् प्रेम र बलात्कार

भण्डारीलाई तिम्सिनाको जवाफ: खाना र गोबरजत्तिकै फरक छन् प्रेम र बलात्कार

नेपालखबर
पुस २६, २०८० बिहिबार २२:३७, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले ८ वर्ष जेल सजाय हुने फैसला गरेपछि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस भइरहेको छ। कतिले प्रत्यक्ष रूपमा त कतिले अप्रत्यक्ष रूपमा आफ्ना धारणा राखिरहेका छन्। 

यसै क्रममा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले घुमाउरो तरिकाले सन्दीपप्रति सहानुभूति प्रकट गरेका छन्। 

उनी ट्विटरमा लेख्छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ। कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन? परिभाषाको आवश्यकता।’

जवाफमा नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले लेखेकी छन्, ‘जति खाना र गोबरबीच फरक छ, त्यति नै प्रेम र बलात्कारबीच फरक छ। कोही प्रेममा छ भने बलात्कार हुन्न र कोही  बलात्कारीले प्रेम गर्न जान्दैन सायद। तपाईंको  परिभाषाको आवश्यकता भाँडमा जाओस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .