राजनीति


रविले भने : सहकारीपीडितहरूको पक्षमा अन्तिमसम्म लड्छौँ

रविले भने : सहकारीपीडितहरूको पक्षमा अन्तिमसम्म लड्छौँ

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ ८, २०८० सोमबार १७:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीपीडितहरूको पक्षमा आफूहरूले अन्तिमसम्म संघर्ष गरिरहने बताएका छन्।

सोमबार पार्टी कार्यालय सामाखुसीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई खेद्ने समयमा सञ्चारमाध्यमहरूले सहकारीपीडितको पक्षमा समाचार लेखे राम्रो हुने बताए। 

उनले आफूहरूले सहकारीपीडितको पक्षमा आवाज उठाउँदै आइरहेको पनि बताए। अब पनि उनीहरूको पक्षमा सदनदेखि संसद्‍सम्म बोलिरहने पनि उनले जवाफ दिए। 

‘हामी सहकारीपीडितहरूको पक्षमा लड्न तयार छौँ’, उनले भने, ‘हामी न्तिमसम्म लड्न तयार छौँ। संसद्मा पनि यसबारेमा कुरा उठाउने तयारीमा छौँ। अब संसद्‍को नयाँ सत्रमा यसबारे हामी कुरा चर्काउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .