राजनीति


किराँतीको प्रश्न– अमेरिकाका राष्ट्रपतिले पाउरोटी बेच्न हुने, मैले पोछा लगाउन नहुने?

किराँतीको प्रश्न– अमेरिकाका राष्ट्रपतिले पाउरोटी बेच्न हुने, मैले पोछा लगाउन नहुने?

नेपालखबर
फागुन ५, २०८० शनिबार २१:४७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले कामै गर्न नहुने सामन्ती संस्कृति खारेज गर्ने दाबी गरेका छन्। 

शनिबार पोखराको फेवा ताल छेउमा आयोजित नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन्?’ सत्रमा बोल्ने क्रममा उनले सो दाबी गरेका हुन्।

केहीदिन अघि मन्त्रालयमा पोछा लगाइरहेको भिडिओको प्रसंग झिक्दै मन्त्री किराँतीले सो कुरा बताएका हुन्। 

‘मलाई पनि हाकिम हुन मन छ। सुविधामै बस्न मन छ। तर हामीले प्रतिकात्मक रुपमा सन्देश के दिने?,’ मन्त्री किराँतीले भने, ‘अमेरिकाको राष्ट्रपति ओबामा पाउरोटी बेच्न हुने, सुदन किराँतीले पोछा लगाउन नहुने?’

कोही सानो हुँदैन र उपल्लो तहका कर्मचारीले तल्लो तहकालाई हेप्ने प्रवृत्तिविरुद्ध आफूले सन्देश दिन खोजेको मन्त्री किराँतीको भनाइ छ। 

ठूलो मान्छेले कामै गर्न नहुने सामन्ती संस्कृति म खारेज गर्छु। मैले सक्ने र भ्याउने काम म गरिरहन्छु।’

मन्त्री किराँतीले मन्त्रालयमा पोछा लगाउँदै गरेको भिडिओबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

भिडिओमा ‘फूलको आँखामा फूलै संसार’ गीतको संगीत बजिरहेको थियो। मन्त्री किराँती आफ्नो कार्यकक्ष सफा गर्न आएकी महिलासँग गफ गर्दै कोठा पुछिरहेको देखिन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .