राजनीति


प्रतिनिधिसभा बैठक : मन्त्री ज्वालालाई निलम्बन गर्न एमालेको माग

प्रतिनिधिसभा बैठक : मन्त्री ज्वालालाई निलम्बन गर्न एमालेको माग

नेपालखबर
फागुन ६, २०८० आइतबार ११:२५, काठमाडौँ

नेकपा एमालेले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तुरुन्तै पदबाट निलम्बन गर्न माग गरेको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएकाले उनलाई तुरुन्तै पदबाट निलम्बन गर्नुपर्ने बताए। 

‘अविलम्ब त्यस घटनासँग जोडिएका मन्त्री र गृह प्रशासन पनि यस घटनासँग जोडिने सम्भावना छ। त्यो घटनासँग जोडिएका मन्त्रीलाई अविलम्ब पदबाट हटाइयोस्,’ बैठकमा बर्तौलाले भने। 

संसद् सुरु हुनासाथ एमाले सांसदहरूले उठेर विरोध गरेपछि सभामुख घिमिरेले बर्तौलालाई बोल्ने समय दिएका थिए। 

‘सरकारले बनाएको आयोगले सरकारका मन्त्री दोषी भन्यो, तर सरकारका मन्त्री दोष ीभनेर किटान गरेको ३० घन्टा बित्दा समेत पदमै बहाल हुनुहुन्छ। मुख्य दोषी भनिएको मन्त्रीलाई आजसम्म बर्खास्त गरिएको हामीले सूचना पाएनौं,’ उनले भने, ‘सामान्य सिपाहीलाई कारबाहीको डन्डा अनि मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन। सिपाहीलाई डन्डा, मन्त्रीलाई झण्डा, जनतालाई ऐन, ठूला मन्त्रीलाई चैन।सरकारको सुशासन यही हो?’

उनले विधिको शासन कायम नगरी तत्याउने काम भइरहेको बताए।

गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शनमा दुई जना युवाको ज्यान गएको थियो। सो घटना मन्त्री ज्वालाका कारण हुन पुगेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .