राजनीति


कांग्रेस महासमिति बैठकमा दुई करोड खर्च हुने अनुमान

कांग्रेस महासमिति बैठकमा दुई करोड खर्च हुने अनुमान

नेपालखबर
फागुन ६, २०८० आइतबार १६:४४, काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठकमा झन्डै दुइ करोड खर्च हुने भएको छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।

‘महासमिति बैठक सम्पन्न गर्न करिब डेढ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बढ्दै गए दुई करोडसम्म लाग्ने अनुमान छ’ उनले भने, ‘६० प्रतिशत सहभागीबाट, २० प्रतिशत लेवी र बाँकी रहेको म्यानेज हुन्छ,’ उनले भने।

महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने विश्वकर्माले जानकारी दिए।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्ने उनले बताए।

यस्तै, प्रवक्ता डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .