क्यानडा ११ ले नेपालको ए टोलीमाथि ४ विकेटको जित निकालेको छ।
आईसीसी विश्वकप लिग-२ काे तयारीमा रहेकाे क्यानडाले नेपाल ए टाेलीसँग अभ्यास खेल खेलेकाे हाे। यी दुई टाेलीबीचकाे दोस्रो खेल मंगलबार हुनेछ।
क्यानडाले यसअघि नेपालकाे सिनियर टाेलीसँग तीन खेलकाे एक दिवसीय सिरिज खेलेकाे थियाे। आइतबार भएको खेलमा नेपाल ए ले दिएको १ सय १७ रनको लक्ष्य क्यानडा ११ ले ३ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।
क्यानडा ११ का लागि नवनित दलिवाल सर्वाधिक ८० रनको योगदान दिए। ७६ बलको सामना गरेका उनले १० चौका र २ छक्का हाने। निखिल दत्तले ६२ रन थपे। सादनविन जफर २३ र श्रेयास मोभ्भा २१ रन बनाएर पेभेलियन फर्के। दिलप्रित बाजवाले १० रन बनाए।
नेपालका लागि साहब आलमले २ विकेट लिए। रसिद खान, बसिर अहमद, प्रतिश जिसी र सागर ढकालले समान एक् विकेट लिए। त्यसअघि मुलपानी क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रनको योगफल तयार पारेको हो।
नेपालका लागि बसिर अहमदले अर्धशतक पूरा गरे। उनले ५५ बलमा १ छक्का ३ चाैका प्रहार गर्दै अर्धशतक पूरा गरे।
रसिद खानले ४० रनको योगदान दिए। ६४ बलमा ५ चौका हाने। ओपनर अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गर्दै नेपाललाई उत्ृकष्ट सुरुवात दिलाएका थिए।
ओपनर मयन यादव ३६ रन बनाउँदै पेभेलियन फर्के। मयनले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाउँदा हर्ष ठाकरले आउट गराए। अर्जुन आठौं ओभरको पाँचौ बलमा क्यानडाका कप्तान साद बिन जफरबाट क्याच आउट भए। अर्जुनले १४ बलमा ४ रन बनाए। विवेक यादवले २३ रन बनाउँदै आउट भए।
किरण ठगुन्नाले २५ रन थपे। सन्दीप जोरा १४ रन बनाउँदा पेभेलियन फर्के। कप्तान विनादे भण्डारी ५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। प्रतीस जिसी ४ रन बनाउँदा आउट भए।
क्यानडा ११ का लागि साद विन जफरले ३ विकेट लिए। शादविन जफरले २ विकेट आफ्नाे नाममा गरे। डिलोन हेलिगर, हर्स ठाकर र हाहिद अहमजदाईले समान १ विकेट लिए।
Shares
प्रतिक्रिया