राजनीति


राष्ट्रियसभाको बैठक बस्दै, आर्थिक विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

राष्ट्रियसभाको बैठक बस्दै, आर्थिक विधेयकका सिद्धान्त र प्राथमिकतामाथि  छलफल हुने

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८० बिहिबार ८:५३, काठमाडौँ

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बिहान बस्दैछ।

बिहीबार बिहान ११ बजेर १ मिनेटमा संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन २०८० सभा समक्ष पेस गर्ने सम्भाावित कार्यसूची छ।।

त्यसैगरी आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची पनि रहेको संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .