ad ad

राजनीति


शालिनको मृत्युबारे गम्भीर छानबिन गर्न गृहलाई प्रधानमन्त्रीको निर्देशन

शालिनको मृत्युबारे गम्भीर छानबिन गर्न गृहलाई प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
फागुन १९, २०८० शनिबार २१:३८, काठमाडौँ

चितवनको रत्ननगर नगरपलिका–१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। 

अघिल्लो शनिबार बिहान होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा प्रहरीले छानबिन गरिरहेको छ। 

सो विषयमा गम्भीर हुन प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। 

घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद रहेको पीडित पक्षको दाबी छ। 

प्रहरीले सो घटनाको निष्पक्ष छानबिनमा बाहिर सम्प्रेषण भएका विषयवस्तुले असर गरेको भन्दै शनिबार नै ध्यानाकर्षण समेत गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .