राजनीति


लेनदेनमा आधारित गठबन्धन आफैंभित्रको अन्तरविरोधले टुट्छ : विष्णु पौडेल

लेनदेनमा आधारित गठबन्धन आफैंभित्रको अन्तरविरोधले टुट्छ : विष्णु पौडेल

नेपालखबर
फागुन २०, २०८० आइतबार १५:३३, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्ने दाबी गरेका छन्।

आइतवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।

उनले गठबन्धन भित्रका तमासाहरु आफूहरुले देखिरहेको बताए। उनले मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको दाबी पनि गरे। शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समसया झेलिरहेको जिकिर गरे।

उनले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको बताए। वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन नभएको जिकिर गरे। वर्तमान गठबन्धन स्वार्थ, लेनदेनमा आधारित रहेकाले लामो समयसम्म नचल्ने बताए।

उनले भने, ‘यो गठबन्धन आफैँ भित्रका समस्याहरुले, अन्तरबिरोधले चर्मराइरहेको छ। कुनैपनि बेला टुट्न, फुट्न सक्छ। मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ देखिरहेको छ। शान्ति सुरक्षा, विकास निर्माण, सुशासनका दृष्टिकोणले हेर्नुहोस्, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा मुलुकले गम्भीर समस्या झेलिरहेको छ। यो समाजको अग्रगतिका लागि यो गठबन्धन प्रमुख बाधक हो।’

उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्नुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .