ad ad

कारोबार


युट्युब चलाउँदा निकालिएका थिए घरबाट, आज बनेका छन् दुनियाँकै ठूला युट्युबर

युट्युब चलाउँदा निकालिएका थिए घरबाट, आज बनेका छन् दुनियाँकै ठूला युट्युबर

जिम्मी डोनाल्डसन। तस्बिर स्रोत : कोभर्ट क्रिएटिभ


नेपालखबर
फागुन २०, २०८० आइतबार १५:३८, काठमाडौँ

मिस्टरबिस्ट नाम त तपाईंले पनि सुन्नुभएकै होला। अनलाइन संसारमा जिम्मी डोनाल्डसनको पहिचान नै मिस्टरबिस्टको रुपमा छ। 

युट्युबमा टी–सिरिजपछि मिस्टरबिस्टको नै सबैभन्दा धेरै फलोअर छन्। फलोअर बढिरहेका हिसाबले उनले चाँडै टी–सिरिजलाई पछाडि पार्ने देखिएको छ। 

पाँच महिनाभन्दा कम समयमा उनको सब्सक्राइबर्स संख्यामा ४.२ करोडको वृद्धि भएको छ। अक्टोबरको मध्यतिर उनका २० करोड सब्सक्राइबर थिए जुन अहिले २४.२ करोड पुगिसकेको छ। टी–सिरिजको सब्सक्राइबर संख्या २६ करोड छ। 

जिम्मीले करिब १ दशकअघि १२ वर्षको उमेरमै आफ्नो युट्युबर करिअर सुरु गरेका थिए। सुरुमा उनले संघर्ष गरे पनि अहिले उनका हरेक भिडिओमा लाखौँ भ्युज आइरहेका छन्। 

मिडिया रिपोर्ट्सअनुसार उनको कुल सम्पत्ति नै १० करोड डलर छ। 

युट्युबबाट उनले वार्षिक २.६ करोड डलरभन्दा धेरै कमाउँछन्। उनी आफ्नो युट्युब च्यानलमा विज्ञापनका माध्यमबाट कमाइ गर्छन्। आफ्नो मुख्य युट्युब च्यानलको लागि १० लाख डलर स्पोन्सरसिप शुल्क लिन्छन्। 

यसका साथै हरेक महिना व्यापारबाटै करिब २५ लाख डलर कमाउँछन्। 

को हुन् जिम्मी डोनाल्डसन? 
जिम्मीको जन्म सन् १९९८ मा अमेरिकाको नर्थ क्यारोलिना सहरस्थित ग्रिनविल सहरमा भएको थियो। उनी १२ वर्षको हुँदादेखि नै युट्युबमा भिडिओ पोस्ट गर्थे। त्यतिखेर उनले सफलता पाइरहेका थिएनन्।

माइक्रोफोन किनेपछि उनले एक–एक डलर बचाउने गर्थे। सन् २०१६ मा उनले स्कुलको पढाइ छाडेका थिए। त्यसपछि उनले भिडिओहरु कसरी भाइरल हुन्छन् भन्ने खोजी गर्न थाले। त्यतिखेर उनी १६ वर्षका थिए। ५ वर्षयता भिडिओ पोस्ट गरे पनि उनी सफल बनिरहेका थिएनन्। 

उनको आमाले सम्हाल्छिन् एकाउन्ट 
त्यसपछि उनलाई लाग्यो अब युट्युबको अल्गोरिदमलाई अनलक गर्न उनी निकै नजिक पुगिसकेका छन्। त्यसपछि उनले आफ्ना केही साथीसँग मिलेर यो कोड पत्ता लगाउने प्रयत्न गरे। डोनाल्डसनका अनुसार उनी जतिखेर पनि युट्युबकै बारे सोच्थे। भिडिओ र फिल्म मेकिङबारे खूबै चिन्ता गर्थे। यो उनको दिनचर्या नै बनेको थियो। 

जब उनले स्कुल छोडे, जिम्मीकी आमा निराश भएकी थिइन्। आमाले उनलाई घरबाटै निकालिदिएका थिए। तर जिम्मीको यो निर्णय सही साबित भयो। उनले २०१७ मा पहिलो भिडिओ भाइरल भयो। उक्त भिडिओमा उनले आफ्नो कोठाको कुर्सीमा बसेर १ लाखसम्म गणना गरेका थिए। यसमा उनलाई ४० घण्टा लागेको थियो। त्यसपछि उनको फलोअर पनि बढ्न थाल्यो र विज्ञापन पनि आउनथाल्यो। 

यो कमाइलाई उनले भिडिओ बनाउनकै लागि खर्च गरे। अहिले उनो फलोअरको संख्या २४ करोड पुगिसकेको छ। टिकटकमा पनि उनले ९ करोडभन्दा बढी र इन्स्टाग्राममा ४ करोड फलोअर पुर्याइसकेका छन्। मेटाको नयाँ एप थ्रेड्समा १० लाख फलोअर छन्। जुन परिमाणमा फलोअर पुग्ने उनी पहिला हुन्।

उनले मेटाका सीईओ मार्क जुकरबर्गभन्दा पनि पहिला यो उपलब्धि हासिल गरेका थिए। उनले यसको उपलक्ष्यमा उत्सव नै मनाएका थिए। जहाँ एक फ्यानलाई उनले टेस्लाको कार उपहार दिएका थिए। अहिले उनको एकाउन्ट उनकी आमाले सम्हालिरहेकी छिन्। नवभारत टाइम्सबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .