राजनीति


सत्ता समीकरण फेरबदलबारे ओली : देशको भताभुंग अवस्थालाई सुधार्न चालिएको कदम

सत्ता समीकरण फेरबदलबारे ओली : देशको भताभुंग अवस्थालाई सुधार्न चालिएको कदम

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १३:२८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार भएको सत्ता फेरबदललाई परिवर्तनको आवश्यकता भनेका छन्।

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठकमा भाग लिएपछि निस्किएका ओलीले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को कार्यक्रमलाई सम्बोधन गर्दै यसो भनेका हुन्। 

‘आज देशको परिस्थित अलिक फरक छ। आजको राजनीति छिटो छिटो परिवर्तन भएको छ,’ उनले भने, ‘म यहाँ आउन देशको परिस्थिति छिटो छिटो हिँडेकाले ढिला भएको हो। देशमा परिवर्तन आएको छ। परिवर्तन हुनुपर्छ।’

उनले जुनसुकै राजनीतिक परिवर्तन भए पनि एमालेले मिसन ०८४ नछाड्ने बताएका छन्। ‘जेसुकै परिवर्तन भए पनि हामी मिसन ०८४ छाड्दैनौँ’, उनले भने, ‘कसले कति सिट जित्ने भन्दा राष्ट्रिय शक्ति हुनु पर्छ।’

ओलीले देशको भताभुंग अवस्थामा यो परिवर्तनले केही सुधार ल्याउन खोजेको बताए। ‘आंशिक रुपमा भए पनि भताभुंग भएको देश सकारात्मक बाटोतिर हिँडेको छ’, उनले भने, ‘यसले विस्तारै गति लिन सक्ने विश्वास गरौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .