राजनीति


ओलीले भने : कांग्रेस नेतृत्वको गठबन्धन हामीले भत्कायौँ, चीनलाई जस नदिनुस्

ओलीले भने : कांग्रेस नेतृत्वको गठबन्धन हामीले भत्कायौँ, चीनलाई जस नदिनुस्

तस्बिर : केपी ओलीको सचिवालय


नेपालखबर
फागुन २९, २०८० मंगलबार १६:४५, काठमाडौँ

प्रमुख सत्तारढ नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सात दलीय गठबन्धन आफूहरूले भत्काएको बताएका छन्।

गत फागुन २१ गते कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसहित मन्त्रिपरिषद्को पुनर्गठन भएको परिस्थितिमा ओलीले बुधबार राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्। 

संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा उनले देशलाई बर्बादीतर्फ लैजाने गठबन्धन आफूहरूको मिहिनेतमा फुटेको बताउँदै अरु कसैलाई जस नदिन आग्रह गरे।

देशलाई बर्बादीतर्फ लगिरहेका बेला एमालेले टुलुटुलु हेरेर बस्न नसकी गठबन्धन फुटाउँदा चीनलाई जस दिइनु गलत भएको ओलीले बताए। 

‘अहिलेको समीकरण एमालेलाई सरकारमा जान हतार भएकाले बनाइएको होइन। मैले भनेकै थिएँ-हामीलाई सरकारमा जान हतार छैन।  तर देश बर्बादीको बाटोमा गएको देख्न सकेनौँ। टुलुटुलु हेरेर बस्न मिलेन’, उनले भने, ‘मैले पहिले पनि भनेकै हो-त्यो गठबन्धन केबल खरानीको डल्लो थियो, विचारको मिलनबिना बनेको गठबन्धन थियो। त्यसलाई हामीले जे गरेर पनि फुटाउँछौँ भनेका थियौँ। त्यो गठबन्धनका केहीमा घमण्ड बढेको थियो। देशलाई बर्बादीबाट जोगाउन हामीले त्यो खरानीको डल्लो फुटायौँ। त्यहीकारण यो परिवर्तन सम्भव भयो। त्यसको जस हामीलाई नै दिनुस्। यति सानो कुराको जस किन चीनतिर लगिरहेको? हामीले मिहिनेत गरेर गठबन्धन फुटाएको जस हामीलाई दिनुस्।’

ओलीले त्यसक्रममा सांसदहरूलाई खुल्ला हृदयका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पनि निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .