राजनीति


प्रचण्डले भने : मेरै कारण कांग्रेसको कचिगंलमा युद्धविराम भयो, त्यसलाई स्थायी बनाउनुस्

प्रचण्डले भने : मेरै कारण कांग्रेसको कचिगंलमा युद्धविराम भयो, त्यसलाई स्थायी बनाउनुस्

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ३०, २०८० बुधबार १३:१८, काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कारणले कांग्रसभित्रको आन्तरिक कचिंगलको ‘युद्धविराम’ भएको दाबी गरेका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासघात नगरेको पनि दाबी गरे। 

‘सत्ता समीकरणमा गरिएको परिवर्तनसँगै कांग्रेसभित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु। सायद मेरो कदमले कांग्रेसभित्र राम्रो एकता पैदा हुुँदैछ। नेपाली कांग्रेसका सबै साथीहरूलाई भन्न चाहन्छु, यो युद्धविराम भएको छ। प्रचण्डका कारणले,’ प्रधानमन्त्री प्रचण्डले भने। 

उनले त्यसलाई स्थायी बनाएर शान्तिमा बदल्न पनि कांग्रेसलाई सुझाए।

‘यसलाई स्थायी बनाउनुहोला। शान्तिमा बदल्नुहोला। नेपाली कांग्रेसलाई एकीकृत बनाउने प्रयास गर्नुहोला, यसले म खुसी नै हुन्छ,’ उनले भने, ‘धोका? कसले गर्यो विश्वासघात र धोका?’

दाहालले अहिले आफू प्रधानमन्त्री पनि कांग्रेसको विश्वासघातको जगमा बनेको स्वीकारे। 

‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको जगमा खडा भएको छ भन्ने कुरा नबर्सिनुहोला,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेसकै वरिपरि रहेर लामो सम्बोधन गरे।

‘राष्ट्रको बृहत् हित, राजनीतिक मुद्दा, विकास र समृद्धिलाई तीव्रता दिने संकल्पका कारण मैले समीकरण बदल्नुपरेको हो,’ उनले जवाफ दिँदै भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .