राजनीति


ठाकुर गैरेको दाबी : एमाले-माओवादी सहकार्य फेरि एकतासम्म पुग्छ

ठाकुर गैरेको दाबी : एमाले-माओवादी सहकार्य फेरि एकतासम्म पुग्छ

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८० बिहिबार १३:३९, काठमाडौँ

नेकपा एमालेका सांसद ठाकुर गैह्रेले फागुन २१ गतेदेखि राजनीतिक अवस्था फेरिएसँगै कम्युनिस्ट दलहरूबीच फेरि एकता हुन सक्ने बताएका छन्।

फागुन २१ गतेदेखि नेकपा एमाले र नेकपा माओवादी केन्द्र फेरि एक पटक सत्ता सहकार्यको अवस्थामा आइपुगेपछि गैरेले अब यो यात्रा फेरि एकतासम्म पुग्ने बताएका हुन्। 

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले देशलाई अघि बढाउन लोकतन्त्रवादी शक्तिहरूले सहकार्यसहित अघि बढ्नु आवश्यक रहेको पनि उल्लेख गरे।

‘अहिले राजनीतिक परिस्थिति फेरिएको छ। एमालेको सोच र योजनामा अघि बढेको कम्युनिस्टहरूको सहकार्यले देशको समस्या समाधानको विकल्प दिन सक्छ। यसले राष्ट्रिय स्वाधीनता, सार्वभौमता र राष्ट्रिय अखण्डतालाई सदृढ ग बनाउँछ’, उनले भने, ‘समाजवादोन्मुख कार्यक्रम लागु गर्दै यो सहकार्यले राजनीतिक स्थायित्व दिन सक्छ। अब हामीले जनताका आवश्यकता सम्बोधन गर्नु जरुरी छ। कम्युनिष्टहरूको सहकार्यलाई अब एकतासम्म लैजान सक्नुपर्छ। अहिलेको सहकार्यलाई तल्ला तहसम्म विस्तार र विकास गर्दै लैजानुपर्छ।’

सांसद गैरेले देशलाई अघि बढाउन प्रमुख शक्तिहरूबीच सहकार्यलाई बलियो बनाएर लैजानुपर्ने पनि बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .