राजनीति


सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री

सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री

नेपालखबर
चैत ३, २०८० शनिबार १८:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताएका छन्।

कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाए।

‘सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँचवटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्नेगरी नयाँ मोडलको खोजी भइरहेको छ’, प्रधानमन्त्रीले भने, ‘अनुदान दयही वर्षदेखि बढ्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु।’

उनले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खुसी व्यक्त गरे।

सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको अवस्थाबारे जानकारी लिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .