ad ad

राजनीति


सहकारीको पैसा ब्याजसहित फिर्ता नगरी राजनीतिबाट विश्राम लिन्नँ : रवि

सहकारीको पैसा ब्याजसहित फिर्ता नगरी राजनीतिबाट विश्राम लिन्नँ : रवि

नेपालखबर
चैत १०, २०८० शनिबार १७:१३, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सुर्यदर्शन र अन्य देशका सहकारीका बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने बताएका छन्। 

शनिबार काठमाडौँमा पार्टीले आयोजना गरेको ‘विशेष सम्बोधन’मा बोल्दै उनले आफूमाथि नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए।

‘जुन सहकारी सहकारी भनिएको छ। ती सहकारीमा क कसको अवैध पैसा राखिएको छ। त्यसको पनि हिसाब हुन्छ,’ लामिछानेले भने, ‘जसले कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ। दुधको दुध पानीको पानी निस्कन्छ। त्यो भन्दा पहिला त्यसमा र अन्य सहकारीमा बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजीनितिबाट विश्राम लिन्नँ।’

सहकारी ठगेर देश–विदेश जहाँ पुगेको भए पनि सरकारले खोजेर ल्याउने उनले दाबी गरे। 

‘जो जहाँ लुकेको होस्, देशमा होस विदेशमा होस्, आकाशमा होस् पातालमा होस्। सरकारले खोजेर ल्याउँछ। सहकारी पीडितको पैसा सबैलाई असुल गरेर ल्याउँछ। समय कति लाग्छ थाहा छैन, तर हामी गर्छौं,’ सभापति लामिछानेले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .