राजनीति


माओवादी पदाधिकारी बैठक जारी, के छन् छलफलका एजेन्डा?

माओवादी पदाधिकारी बैठक जारी, के छन् छलफलका एजेन्डा?

नेपालखबर
चैत १४, २०८० बुधबार १०:३८, काठमाडौँ

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ। 

प्रधानमन्त्री निवासमा एक घण्टादेखि जारी पदाधिकारी बैठकमा प्रदेश सरकार गठन, उपनिर्वाचनलगायत समसामयिक विषयमा छलफल भइरहेको माओवादी सचिव राम कार्कीले जानकारी दिए।  

गत फागुन २१ गते नेपाली कांग्रेससँगको सहकार्य तोड्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेसहितका दललाई साथमा लिएर नयाँ सत्ता गठबन्धन बनाएपछि प्रदेशहरूका सरकार पनि सोहीअनुरूप परिवर्तन गर्ने प्रयास भइरहेको छ।  

यस्तै आगामी वैशाख १५ गते प्रतिनिधि सभा र प्रदेश सभाका एक/एक क्षेत्रमा चुनाव हुँदै छ। 

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ निर्वाचन क्षेत्र नम्बर १ मा वैशाख १५ गते निर्वाचन हुने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .