ad ad

राजनीति


एमाले ललितपुरको अध्यक्ष चयन गर्न मतदान चल्दै

एमाले ललितपुरको अध्यक्ष चयन गर्न मतदान चल्दै

मतदान गर्दै अध्यक्षका उम्मेद्‍वारद्वय दिनेश कार्की (बाँया) र पुरुषोत्तम आचार्य


नेपालखबर
चैत २६, २०८० सोमबार १०:२४, काठमाडौँ

नेकपा (एमाले) ललितपुरको नयाँ नेतृत्व चयन गर्न आज मतदान जारी छ।

शुक्रबारबाट सुरु नवौं जिल्ला अधिवेशनअन्तर्गत् आज (सोमबार) बिहानबाट मतदान सुरु भएको हो।

बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म जारी रहने छ। विद्युतीय मेसिनबाट इमाडाेलकाे आँगन पार्टी प्यालेसमा मतदान भइरहेकाे नेता पुरूषोत्तम आचार्यले जानकारी दिए।

एमाले ललितपुरको अध्यक्षमा चार जना आकांक्षी छन्। निवर्तमान अध्यक्ष पुरूषोत्तम आचार्य, चेतनाथ आचार्य, दिनेश कार्की र सुवर्ण श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन्। 

अधिवेशनमा ४७७ प्रतिनिधि छन्। अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .