ad ad

राजनीति


कोसी प्रदेश सरकारबाट बाहिरियो माओवादी

कोसी प्रदेश सरकारबाट बाहिरियो माओवादी

नेपालखबर
चैत २६, २०८० सोमबार १५:२, काठमाडौँ

नेकपा एमालेको समेत साथ लिएर मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका नेता केदार कार्की नेतृत्वको कोसी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले बाहिरिने निर्णय लिएको छ।

सोमबार विराटनगरमा बसेको माओवादी संसदीय दलको बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सरकारबाट बाहिरिने निर्णयपछि सोमबार नै मन्त्रीहरूले पनि राजीनामा दिने भएका छन्। 

माओवादीले सरकार छाडेसँगै अर्को प्रमुख दल नेकपा एमालेले पनि समर्थन फिर्त लिँदैछ। एमालेले समर्थन फिर्ता लिएर दुई दलले नयाँ सरकार गठन प्रक्रियाको तयारीमा जुटेका छन्।

यससँगै दुई दल मिलेर वैकल्पिक सरकारको दाबी गर्ने भएका छन्। यी दुई दलले सोमबार नै प्रदेश सभाको विषेश अधिवशन आव्हान गर्न समावेदन दिने आङ्बोले नेपालखबरलाई बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .