राजनीति


विप्लवले २०८४ को निर्वाचनमा भाग लिने

विप्लवले २०८४ को निर्वाचनमा भाग लिने

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार २०:१२, काठमाडौँ

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने भएको छ।

नेकपाको पाँचौ केन्द्रीय समिति बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै निर्वाचनमा भाग लिने जनाएको छ।

‘केन्द्रीय समितिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई नेपाली विशेषताको समाजवादमा परिवर्तन गर्न सम्भव सबै तरिका र माध्यमहरुलाई प्रयोग गर्ने निर्णय लिएको छ,’ निर्णयमा भनिएको छ, ‘त्यसका लागि २०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने निर्णय लिएको छ। त्यसैगरी संविधानमा आमूल परिवर्तत गरेर, जनमतसंग्रह गरेर, जनताको लागत र पार्टीहरुका तागतलाई एकीकृत गर्दै संघर्ष गरेर पनि नेपाललाई समाजवादमा परिवर्तन गर्न जोड लगाइने छ।’

नेकपाले संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्दै आएको थियो।

यस्तै, नेकपाले माओवादी विचारधाराका दलहरुबीच एकता गर्ने निर्णय पनि गरेको छ।

विप्लव नेतृत्वको नेकपा सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी दल (जसपा)सहितको मोर्चामा सामेल छ।

नेकपाले ‘नेपाली विशेषताको समाजवादका लागि चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी)सँग मोर्चा बनाउन’ पहल गर्ने जनाएको छ।

यस्तै, विश्व शान्तिका लागि नेकपाले समाजवाद आवश्यक रहेको भन्दै जेठ ७ मा प्रदर्शन गर्ने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .