राजनीति


आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य हुन्छ: सभामुख

आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य हुन्छ: सभामुख

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८१ आइतबार १२:२४, काठमाडौँ

सभामुख देवराज घिमिरेले संघीय संसद्को हिँउदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने बताएका छन्। 

राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले दुवै सदनको चालु अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य हुने संसदलाई जानकारी गराए। 

‘मन्त्रिपरिषद्को २०८०-१२-३० को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन वैशाख २ गते आइतबार राति १२ बजेबाट अन्त्य गरेको छु,’ राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भने। 

राष्ट्रपतिको पत्र अनुसार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने उनले बताए। 

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले जरुरी विषयमा मात्रै संसद्मा पेस गर्नेगरी सहमति भएको थियो। सोही अनुसार सभामुख घिमिरेले विपक्षी दलहरूलाई समेत विरोध नगर्न आग्रह गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .