ad ad

खेल


आयुष र दीपलाई बाहिर राख्दै इंग्ल्यान्ड ‘सी’विरुद्ध नेपालको प्रारम्भिक टोली घोषणा

आयुष र दीपलाई बाहिर राख्दै इंग्ल्यान्ड ‘सी’विरुद्ध नेपालको प्रारम्भिक टोली घोषणा

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८१ आइतबार १२:२६, काठमाडौँ

इंग्ल्यान्डको सी टोलीसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ। 

टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुुन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सार्वजनिक गरेको प्रारम्भिक टोलीमा विंगर आयुष घलान र गोलरक्षक दीप कार्कीलाई समेटेका छैनन्। घलान र कार्कीबाहेक एरिक विष्ट पनि प्रारम्भिक टोलीमा अटाएका छैनन्।

यसअघि विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत बहराइनविरुद्धको खेलमा प्रारम्भिक टोलीमा परेपनि आयुष र दीप प्रशिक्षणमा सामेल भएका थिएनन्। 

नेपालले आगामी आगामी आगामी मे महिनामा इंग्ल्यान्डको सी टोलीसँगै उसकै मैदानमा खेल खेल्नेछ। 

प्रारम्भिक नेपाली टोली 
गोलरक्षकः अविशेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत
डिफेन्डरः अविशेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिस श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मनि कुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की, 
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव विष्ट र राजेश परियार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .