ad ad

राजनीति


काठमाडौँ फर्किनासाथ ओलीले गरे प्रचण्डसँग भेटवार्ता

काठमाडौँ फर्किनासाथ ओलीले गरे प्रचण्डसँग भेटवार्ता

फाइल फाेटाे


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १९:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बिहीबार भेटवार्ता भएको छ। 

बिहीबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच भेट भएको हो। 

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा आधा घन्टा जति कुराकानी भएको हो। 

सुदूरपश्चिम प्रदेश सरकारका विषयमा सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ।

उपचुनावको सभालाई इलाममा सम्बोधन गरेर झापा हुँदै ओली आजै काठमाडौँ आइपुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .