इलाम–२ तिर देशकै ध्यान छ। २५ वर्षदेखि यो क्षेत्रले एमाले रोज्यो। एउटै मान्छे, सुवास नेम्वाङ। यहाँ अहिले उपनिर्वाचन हुँदैछ।
सुवासको निधनपछि अहिले यहाँ संसद् भवनको ढोका कसले खोल्ने भन्ने हानथाप छ।
आइतबार इलाम बजारमा भोट माग्दै, उनै नेम्वाङ पुत्र सुहाङ दिनभर डुले। इलाम बजारबाट नजिकै पर्छ, सुन्तलाबारी।
सुन्तलाबारी नेम्वाङ परिवारको स्थायी बसोवास भएको ठाउँ हो। बजारबाट नजिकै भएर पनि नेम्वाङ परिवारप्रति यहाँका मतदाताक सहानुभूति देखिन्थ्याे।
बुवाको निधनपछि राजनीतिमा उदाउन लागेका सुहाङलाई देखेपछि अग्रजका आँखा रसाए। बुवाका साथी र आफन्तको माया देखेर सुहाङ गम्भीर देखिन्थे। धेरै बोलेनन्। आँखाले ‘हवस्’ मात्रै भनिरहे।
देउमाई, माङ्सेबुङ, चुलाचुली, फाकफोथुम लगायतका क्षेत्रमा प्रचार सकेर उनी शनिबार मात्रै इलाम आइपुगेका हुन्।
उनको पक्षमा माहोल बनाउन एमाले नेता कार्यकर्ता ¥याली र सांगितिक प्रस्तुतिसहित घरदैलोमा जुटेका छन्।
तस्बिरहरूः सरोज नेपाल/इलाम
Shares
प्रतिक्रिया