राजनीति


फाकफोकथुमको मतगणना सकियो, सुहाङ ११ सय ५५ मतले अघि

फाकफोकथुमको मतगणना सकियो, सुहाङ ११ सय ५५ मतले अघि

नेपालखबर
बैशाख १६, २०८१ आइतबार २३:१४, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा फाकफोकथुम गाउँपालिकाको मतगणना सकिएको छ। आइतबार मध्यान्हबाट सुरु भएको मतगणनाको सुरुवाती चरणमा नेपाली कांग्रेसले अग्रता लिएको थियो।

तर, वडा नम्बर ४ को मतगणना सुरु भएदेखि नेकपा एमालेले अग्रता आफ्नो पोल्टामा पारेको छ। कांग्रेस उम्मेदवार डम्बर बहादुर खड्का वडा नम्बर १, २ र ३ मा अघि थिए। 

वडा नम्बर ४ मा एकैपटक ३ सय ४५ मतान्तर बनाएका नेम्बाङले त्यसयता मतान्तर बढाउँदै लगेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार सुहाङले ४ हजार ४ सय १३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्धन्द्धि नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ३ हजार २ सय ५८ मत प्राप्त गरेका छन्। 

उनीहरूबीचको मतान्तर १ हजार १ सय १५ मतको रहेको छ। 

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ सय ६३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ६ सय ४५ मत प्राप्त गरेका छन्। 

अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँका तीन वटा वडा नेकपा एमालेले जितेको थियो भने ४ वटामा कांग्रेस थियो। 

कांग्रेसले आफूलाई यो क्षेत्रमा मत बलियो भएको दाबी गर्दै आएको थियो। तर, यहीँबाट कांग्रेसले १७ महिनाअघिको मत जोगाउन नसकेको देखिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .