राजनीति


बझाङ मतगणना अपडेट : मतान्तर घटाएर २ सय ७३ पुर्‍याए कांग्रेसका अभिषेकले

बझाङ मतगणना अपडेट : मतान्तर घटाएर २ सय ७३ पुर्‍याए कांग्रेसका अभिषेकले

नेपालखबर
बैशाख १७, २०८१ सोमबार ०:५३, काठमाडौँ

प्रदेश सभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनावको मतगणना जारी छ। 

आइतबार दिउँसो १ बजेबाट जारी मतगणनामा अहिलेसम्म छविसपाथिभेरार थलारा वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका सबै र जयपृथ्वी १ ,२ ,३, ४ ५, ६ र ७ सम्मको मतपरिणाम आइसकेको छ। 

यहाँ सुरुवातदेखि नै नेकपा एमालेले अग्रता लिइरहेको छ। 

यहाँ एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसका उम्मेदवार अविशेक सिंहले एमालेका दमनबहादुर भण्डारीसँग मतान्तर घटाएर २ सय ७३ बनाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो अपडेट अनुसार भण्डारीले ५ हजार ८६ मत प्राप्त गरेका छन्। 

त्यस्तै, कांग्रेसका सिंहले ४ हजार ८ सय १३ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३ सय ५८ मतको अन्तर छ।

कुल मतदाता ६१ हजार ७ सय ४८ रहेको यस क्षेत्रमा करिब ५० प्रतिशत खसेको निर्वाचन आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .