राजनीति


इलाम–२ अपडेट : डम्बरभन्दा १ हजार ७ सय मतले सुहाङ अघि, मिलनको ९ सय १४

इलाम–२ अपडेट : डम्बरभन्दा १ हजार ७ सय मतले सुहाङ अघि, मिलनको ९ सय १४

नेपालखबर
बैशाख १७, २०८१ सोमबार ५:२१, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ कोे मतगणना जारी छ। आइतबार मध्यान्हबाट जारी मतगणना मध्यराती पनि जारी छ। 

पछिल्लो विवरण अनुसार फाकफोकथुम सबै र चुलाचुली गाउँपालिकाको ३ वटा वडाको गणना सकिएको छ। चुलाचुली–१ मा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले धेरै मत ल्याएका थिए।

एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६ हजार ४ सय ८३ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखिरहेका छन्। 

उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। उनले भने चार हजार ७सय ५० मत प्राप्त गरेका छन्। 

उनीहरूबीचको मतान्तर १ हजार ७ सय तीन मतको रहेको छ।

थेगिमले २ हजार २ सय ९५ मत पाएका छन्। त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले ९ सय १४ मत प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .