राजनीति


बझाङमा कांग्रेस–एमालेबीच रोचक प्रतिस्पर्धा, मतान्तर ८३ मात्रै

बझाङमा कांग्रेस–एमालेबीच रोचक प्रतिस्पर्धा, मतान्तर ८३ मात्रै

नेपालखबर
बैशाख १७, २०८१ सोमबार ९:५९, कञ्चनपुर

बझाङमा उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ। 

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार १६७ मतसहित अग्रता कायम राखेका छन्। 

उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८४ मतसहित पछ्याइरहेका छन्। 

उनीहरुबीचको मतान्तर ८३ मात्रै छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ५३५ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३४७ मत ल्याएका छन्।

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ शनिबार सम्पन्न मतदानको मतगणना जारी छ। यस क्षेत्रमा पर्ने जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मतगणना सकिएको छ।

आइतबार दिउँसोदेखि सुरु भएको मतगणनामा अहिले तलकोट गाउँपालिकाको मत गणना भइरहेको छ। यसपछि साइपाल गाउँपालिकाको मत गणना हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .