राजनीति


इलाम–२ : देउमाईका पाँच वडाको गणना सकियो, सुहाङ ५ हजार ६ सयले अघि

इलाम–२ : देउमाईका पाँच वडाको गणना सकियो, सुहाङ ५ हजार ६ सयले अघि

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १८:९, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायतका वडाहरूको मतगणना सकिइसकेको छ। 

अहिले देउमाई नगरपालिकाको मतगणना जारी छ। जस अन्तर्गंत वडा नम्बर ५ सम्मको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार ९ सय ४४ मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११ हजार २ सय ७३ मत प्राप्त गरेका छन्। 

उनीहरूबीच ५ हजार ६ सय ७१ मतको अन्तर रहेको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ४४ मत प्राप्त गरेका छन्। चौथोमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले भने २ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।

अहिलेसम्म ४१ हजार ३ सय ८३ मत गणना भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .